१० पुष २०८१, बुधबार | Wed Dec 25 2024

भोली टान अन्तराष्ट्रिय इको च्यालेञ्ज हुँदै

१४ जेठ, काठमाडौँ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले भोली टान अन्तर्राष्ट्रिय इको च्यालेञ्ज आयोजना गर्ने भएको छ ।

टानको स्थापना दिवस, अन्तर्राष्ट्रिय सगरमाथा दिवस र गणतन्त्र दिवस पारेर भोली पर्वका रुपमा अन्तराष्ट्रिय इको च्यालेञ्ज भव्यताका साथ मनाउन लागिएको टानका अध्यक्ष नवराज दाहालले जानकारी दिए ।

‘प्रदूषण न्यूनीकरणको समाधान दिगो पर्यटन’ भन्ने मुख्य नाराका साथ टानले यस वर्ष आयोजना गर्न लागेको उक्त कार्यक्रमको उद्घाटन वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले गर्नेछन् ।

स्वदेशी एवं विदेशीको सहभागिता रहने कार्यक्रममा कूल आठ किलोमिटर साइक्लिङ ¥याली रहनेछ । ¥याली बिहान ६ बजे मालीगाउँ,कमलपाेखरी,चारखाल,पुतलीसडक,सिंहदरबार,सुनधारा,न्युराेड,जमल,ज्याठा, सञ्चयकोष भवन हुँदै नेपाल पर्यटन बोर्डमा समापन गरिने टानका मिडिया संयोजक गोपाल श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १४ जेष्ठ २०७५, सोमबार १९:३७