१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

मन्त्री छान्ने जिम्मा ओलीलाई, अर्थमा डा खतिवडा


११ फागुन, काठमाडौँ । नेकपा एमालेको स्थायी समिति बैठकले मन्त्री छान्ने अधिकार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । शुक्रवार बिहान बालुवाटारमा बसेको बैठकले माओवादी तथा मधेशवादी दलहरुसँग समेत छलफल गरेर मन्त्रिपरिषद विस्तार गर्ने गरी ओलीलाई जिम्मेवारी प्रदान गरेको हो ।

एमालेले दुईतिहाई बहुमतसहितको सरकार गठन गर्न मधेशवादी दललाई पनि मन्त्रिपरिषदमा सामेल गर्न ओलीलाई म्याण्डेट दिएको पार्टी सचिव प्रदिप ज्ञवालीले जानकारी दिए । योसँगै ओलीले मन्त्रिपरिषद् विस्तारका लागि माओवादी, संघीय समाजवादी फोरम र राजपासँग ओलीले छलफल गर्ने भएका छन ।

यता ओलीले आर्थमन्त्रीमा डा युवराज खतिवडालाई नियुक्त गर्ने तयारी गरेका छन । खतिवडाले निर्वाचन लगत्तै ओलीले आफूलाई अर्थमन्त्रीको जिम्मा दिने भनेको भनेर कार्ययोजना तयार गरिरहेका थिए । खतिवडाले केही मानिसहरुलाई ओली प्रधानमन्त्री बन्नु अघिनै आफू राष्ट्रियसभाको बाटोबाट सरकारमा जाने र त्यहाँ पुगेपछि सहयोग गर्नुपर्छ भन्दै बिभिन्न क्षेत्रका व्यक्तिहरुसँग बैठक गरेका थिए ।

ओलीले अहिले एमाले पंक्तिकै असन्तष्टिका बाबजुद मन्त्रिपरिषद्ले सिफारिस गर्ने कोटामा खतिवडालाई राष्ट्रियसभामा पु¥याएका छन । ओलीले अर्थमन्त्रीको आंकाक्षा गरिरहेका पार्टी महासचिव इश्वर पोखरेल र सचिव प्रदिप ज्ञवालीलाई खतिवडालाई अर्थमन्त्रालय दिने स्पष्ट संकेत दिएको ओली निकटका एक एमाले नेताले बताए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७४, शुक्रबार १४:३४