१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ९७ हजार ५ सय पुग्यो

१२ साउन , काठमाडौँ । कोभिड–१९ को महामारीका कारण अन्तरराष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज पनि अप्रत्यासितरुपमा बढेको छ । आज सुनको मृल्य १ हजार २ सयले बढेको छ।

प्रतिकात्मक तस्बिर ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १ हजार २ सयले बढेर सुन तोलाको ९७ हजार ५ सय पुगेको छ। आइतबार ५०० ले बढेर प्रति तोला ९६ हजार ३ सयमा कारोबार भएको थियो। त्यस्तै तेजावी सुनको मुल्य प्रति तोला ९७ हजार ६० पुगेको छ। चाँदी  प्रति तोला ५५ रुपैयाँले बढेर १२१० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार ११:३९