१० पुष २०८१, बुधबार | Wed Dec 25 2024

उपभोक्ता ठग्ने ललितपुरको प्रशान्ती र महालक्ष्मी आयल स्टोरमा सिलबन्दी

१४ जेठ, काठमाडौँ । सरकारले उपभोक्ता ठग्ने ललितपुरका दुई वटा पेट्रोलपम्पमा शिलबन्दी गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजनमा सोमबार भएको बजार अनुगमन टोलीले उपभोक्तालाई ठगी गरेको पुष्टि भएपछि ललितपुरको एकान्तकुनास्थित प्रशान्ति आयल स्टोर्स र सातदोबाटोस्थित महालक्ष्मी विश्वकर्मा टे्रडर्समा शिलबन्दी गरेको हो ।

अनुगमनका क्रममा प्रशान्ति आयल स्टोर्सले प्रति १० लिटरमा ३० एमएल र महालक्ष्मी विश्वकर्मा टे्रडर्सले प्रति १० लिटरमा ४० एमएल कम परिमाण बिक्री गरेको फेला परेपछि दुवै पम्पलाई शिलबन्दी गरेको हो ।

प्रकाशित मिति : १४ जेष्ठ २०७५, सोमबार १३:४२