१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

नेपाल पुनर्बीमा कम्पनीले लाभांश वितरण नगर्ने, यस्ताे छ कारण

९ साउन, काठमाडाैँ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीकाे साउन ८ गते बसेकाे सञ्चालक समितिकाे बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेकाे हाे ।


पुनर्बीमा व्यवसाय (व्यवस्थापन तथा संचालन) सम्बन्धि निर्देशिका, २०७१ को दफा १२ अनुसार “पुनर्बीमकले आफ्नाे व्यवसाय गर्दा बचत भएकाे रकम कम्तिमा ५ वर्षसम्म मुनाफाकाे रूपमा बाँडफाँड नगरी अनिवार्य रूपमा जगेडा काेषमा राख्नु पर्ने” भन्ने नियामक व्यवस्था अनुसार आर्थिक वर्ष २०७५/७६ काे वित्तीय विवरणमा शेयरधनीहरुलाई नगद लाभांश तथा बाेनस शेयर वितरणकाे अवस्था नगरिएकाे कम्पनीले एक सूचना मार्फत जानकारी गराएकाे छ ।

२०७१ सालमा स्थापना भएको यस कम्पनीले आर्थिक वर्ष २०७५/७६ सम्ममा ५ पुरा गरिसकेको छ । त्यसैले, आर्थिक वर्ष २०७६/७७ देखि भने कम्पनीको वित्तीय अवस्था र सञ्चालक समितिको निर्णय अनुसार लाभांश वितरण गर्ने कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार १२:२१