१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

कांग्रेसको विधान सभापति देउवाले नै पढेनन् ! देउवालाई यसरी सम्झाए शेखर कोइरालाले

१४ जेठ, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विधान विपरित बोलेको विषय सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

देउवाले केही दिन अघि सार्वजनिक कार्यक्रममै पार्टीको महाधिवेशन आउन अझै तीन वर्ष बाँकी छ भनेको विषयलाई लिएर सामाजिक सञ्जालमा कांग्रेसकै प्रभावशाली नेताले प्रश्न उठाएका छन ।

कांग्रेस नेता शेखर कोइरालाले ट्वीटरमा टिप्पणी गर्दै देउवाले विधान पढ्न भ्याएनछन कि भन्दै व्ंयग्य गरेका छन । कोइरालाले लेखेका छन, ‘काँग्रेस सभापती शेरबहादूर देउवाले महाधिवेशन आउँन अझै ३ बर्ष बाँकी छ भन्नूभएछ। बिधान अनूसार यो कार्यकालको समय अब १ बर्ष ९ महिना मात्रै बाँकी छ। सायद सभापतीजीले बिधान पढ्न भ्याउँनूभएको छैन की !’

प्रकाशित मिति : १४ जेष्ठ २०७५, सोमबार ०८:२७