१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

फेरि बढ्याे सुनकाे मुल्य, कतिमा भैरहेकाे छ काेराेबार ?

६ साउन, काठमाडाैँ । सुनको मूल्य फृरि बढेको छ।  मंगलबार सुन तोलामा ४ सय रुपैयाँले बढेको हाे। नेपाल सुनचाँदी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार २६० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिकात्मक तस्बिर ।

साेमबार सुन ताेलामा २ सय रूपैयाँले घटेर प्रतिताेला ९२ हजार ३ सय रूपैयाँमा खरिदबिक्री भएकाे थियाे। यसैगरी, चाँदीको मूल्य मंगलबार तोलामा ४० रुपैयाँले बढेर प्रतितोला एक हजार ४० रुपैयाँ पुगेको छ। साेमबार घटेकाे चाँदीकाे भाउ आज उकालाे लागेकाे हाे।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलवार १२:१८