१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

महेन्द्रनगर यातायात कार्यालयमा मेगा बैंकको एक्सटेन्सन काउन्टर

५ साउन, काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले कञ्चनपुरको महेन्द्रनगरस्थित यातायात कार्यालयमा एक्सटेन्सन काउन्टर खोलेको छ ।महेन्द्रनगर यातायात कार्यालयका प्रमुख भोजराज भट्ट र मेगा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सागर ओझाले एक समारोहका बीच एक्सटेन्सन काउन्टरको औपचारिक रुपमा उद्घाटन गर्नुभयो ।

कार्यक्रममा यातायात कार्यालयका प्रमुख भट्टले मेगा बैंकको काउन्टर खुलेपछि अब सेवाग्राहीहरुले यातायात कार्यालयमा सहज रुपमा बैंकिङ कारोबार गर्न पाउने बताउनुभयो । करिब ४ सय जना सेवाग्राहीहरु दैनिक लाभान्वित हुने उहाँले बताउनुभयो ।

यसैगरी, मेगा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख ओझाले बिभिन्न सरकारी कार्यालयमा एक्सटेन्सन काउन्टर खोलेर सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीति अनुरुप यातायात कार्यालयमा पनि एक्सटेन्सन काउन्टर विस्तार गरिएको बताउनुभयो । ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकको यो ३१ औं एक्सटेन्सन काउन्टर हो । भरखरै मात्र गण्डकी विकास बैंकलाई प्राप्ती गरेपछि मेगा बैंकको देशभर २०६ वटा शाखा र १४२ वटा एटीएम सञ्जाल छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार १८:२४