५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

सुन डकैतीमा संलग्न नेविसंघका नेता प्रविन गिरी र सशस्त्रका असई विशाल खड्का पक्राउ

१३ जेठ, काठमाडौं । प्रहरीले डकैतीमा संलग्न नेविसंघका नेता प्रविन गिरी र सशस्त्रका असई विशाल खड्का पक्राउ गरेको छ । करिब एक किलो सुन र ११ लाख रुपैयाँ लुटेको आरोपमा सशस्त्र प्रहरीको सहायक निरीक्षक विशाल खड्का र नेविसंघका नेता प्रविन गिरी पक्राउ परेका हुन ।

सशस्त्र मुख्यालय, हल्चोकको खेलकुद शाखामा कार्यरत् खड्कालाई काठमाडौं प्रहरी परिसरले लुटपाटमा संलग्न भएको आरोपमा आइतबार पक्राउ गरेको हो । प्रहरीका अनुसार खड्कासहित ७ जनाको समूहले सुन्धारास्थित होटल मेजेस्ट्रीमा बसेका वीरगञ्जका एक सुन व्यवसायीको साथबाट ८ सय ८३.१०० ग्राम सुनसहित ११ लाख रुपैयाँ लुटेका थिए ।

घटनामा संलग्न अभिनाश शाहलाई यसअघि महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरिसकेको छ । शाह नै लुटपाटको मुख्य योजनाकार भएको प्रहरीको दाबी छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७५, आईतवार २१:५३