१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

नेकपा प्रदेश ३ संसदीय दलको नेतामा डोरमणि पौडेल चयन

१३ जेठ, हेटौंडा । प्रदेश ३ मा नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको नेतामा मुख्यमन्त्री डोरमणि पौडेल चयन भएका छन् ।

आज बिहान हेटौंडामा बसेको एकीकृत पार्टीको संसदीय दलको बैठकले पौडेललाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो ।
संसदीय दलको उपनेता, प्रमुख सचेतक, सचेतक लगायतका विषयमा सोमबार बस्ने बैठकले निर्णय गर्ने बताइएको छ । पौडेल यसअघि नेकपा एमालेका संसदीय दलका नेता थिए ।

प्रकाशित मिति : १३ जेष्ठ २०७५, आईतवार २०:१४