१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

मौद्रिक नीतिको असरः बजार खुलेको आधा घण्टामै दुई सर्किट ब्रेक

४ साउन, काठमाडाैँ । चालु आर्थिक वर्षको मौद्रिक नीतिले लगानीकर्तामा उत्साह छाएकाे छ । आइतबार सेयर बजारमा दाेस्राेपटक सकारात्मक सर्किट लागेको छ । पहिलाे सर्किट लागेर बजार खुलेकाे एक मिनेट नबित्दै दाेश्राे सर्किट लागेको हो । ११ बजेर २७ मिनेट जाँदा नेप्से परिसूचक ५.०१ प्रतिशतले बढेर एक हजार ४ सय ६४ अंकमा पुगेकाे छ । याे पछिल्लाे काराेबारकाे तुलनामा ६९.९१ अंकले बढी हाे


कारोबार खुलेको ६ मिनेट नबित्दै पहिलाे सर्किट लागेर काराेबार २० मिनेटकाे लागि बन्द भएकाे थियाे । त्यसपछि पुनः सर्किट लागेर अब ४० मिनेटकाे लागि सेयर काराेबार स्थगित भएकाे छ । यो अवधिमा सबैभन्दा बढी जीवन बीमा समूहमा उछाल आएको छ । जीवन बीमा ३४० अंकले बढेको छ । त्यस्तै, निर्जीवन बीमा १३३, उत्पादनमूलक १२३, माइक्रोफाइनान्स ८० र बैंकिङ ७९ अंकले बढेको छ । कारोबारमा आएका सबै समूह हरिया देखिएका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आईतवार ११:५४