सेयर धितो कर्जाको सिमा ७० प्रतिशत पुग्याे
२ साउन, काठमाडाैँ । सेयर धितो कर्जाको सिमा ७० प्रतिशत पुगेकाे छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो जानकारी दिएका हुन् । यसअघि उक्त कर्जाकाे सीमा ६५ प्रतिशत रहेकाे थियाे ।
गभर्नर अधिकारीले सेयर धितो कर्जाको मुल्यांकन गर्न १२० दिनकाे समय तोकिएको जानकारी दिए । यसअघि १८० दिन रहेको थियो ।
प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार १५:३२