१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

राष्ट्र बैंकद्धारा १० वर्षमा १५० बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज

२ साउन, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले १० वर्षमा १५० वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै मर्जर तथा एक्वीजीसन प्रक्रियामा गएका १५० बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज गरिएको जानकारी दिए ।

गभर्नर अधिकारीका अनुसार यो एक दशकमा १९६ बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा एक्वीजीसन प्रक्रियामा सहभागी भएका थिए । यसरी मर्जर र एक्वीजीसन प्रक्रियामा गएर ४६ वटा बैंक तथा वित्तीय संस्था कायम भएका हुन् । बाँकी रहेका १५० वटा बैंक वित्तीय संस्थाको लाइसेन्स खारेज भएको हो ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार १५:१६