१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

प्रधानमन्त्री अोलीको प्रमुख सल्लाहकारमा विष्णु रिमाल नियुक्त


११ फागुन, काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले रिमाललाई आज प्रमुख सल्लाहकारमा नियुक्त गरेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।नुवाकोट स्थायी घर भएका रिमाल जिफन्टको अध्यक्ष समेत हुन । रिमाल पार्टीको पोलिटव्यूरो सदस्य समेत छन । रिमाल ओली यसअघि प्रधानमन्त्री हुँदा पनि प्रमुख सल्लाहरका नै थिए ।

नवनियुक्त सल्लाहकार रिमालले ‘सुखी नेपाल र समृद्ध नेपाल’को जिम्मेवारी युद्धस्तरमा शुरु हुने प्रतिक्रिया दिएका छन । उनले नियुक्तिपश्चात् बालुवाटारमा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै पाँच वर्षे कार्ययोजनाअनुसार जिम्मेवार भएर सरकार अगाडि बढ्ने बताए ।मन्त्रिमण्डल चाँडै विस्तार हुने उल्लेख गर्दै उनले नेकपा (एमाले) र नेकपा (माओवादी) केद्रबीच मन्त्रालय र व्यक्तिका विषयमा छलफल भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७४, शुक्रबार ०९:२२