१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

अजोड इन्स्योरेन्सको आईपीओ शुक्रबार बाँडफाँड हुने

१ साउन, काठमाडाैँ । अजोड इन्स्योरेन्सको आईपीओ शुक्रबार बाँडफाँड हुने भएको छ। शुक्रबार दिउँसो ३ बजे आईपीओ बाँडफाँड  गरिने कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएकाे छ । कम्पनीले हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ त्यसमध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्टाइएको थियाे। बाँकी रहने २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्री खुल्ला गरेको थियाे।

कम्पनीको आईपीओमा ४ लाख ८४ हजार ४९८ वटा योग्य आवेदनबाट एक करोड ७२ लाख १५ हजार ४९० कित्ता शेयर माग भएकाे क्यापिटलले जनाएकाे छ। त्यसमध्ये गाेलाप्रथाका आधारमा २ लाख ७३ हजार जनाले मात्रै १० कित्ताका दरले शेयर पाउनेछन् भने बाँकी २ लाख ११ हजार ४९८ जनाको हात खाली हुनेछ। आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब पुग्नेछ। त्यसमा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर हिस्सा हुनेछ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार १८:१४