१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

स्याङ्जाकाे पुतलीबजारमा करदाता सेवा कार्यालय स्थापित

१ साउन, स्याङ्जा । यहाँ करदाता सेवा कार्यालयको स्थापना गरिएको छ । अर्थ मन्त्रालय आन्तरिक राजश्व विभागअन्तर्गतको करदाता सेवा कार्यालयले जिल्ला समन्वय समितिको परिसरबाट आजदेखि आफ्नो सेवा शुभारम्भ गरेको हो । जिल्लामा करदाता सेवा कार्यालयको स्थापनासँगै करसम्बन्धी सेवा लिनका लागि पोखरा जानुपर्ने बाध्यताबाट जिल्लाबासी मुक्त भएका छन् ।

आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख ऋषिराम पोख्रेलले पहिलो सेवाग्राही जिल्लाका स्थानीय व्यवसायी नवराज सुवेदीलाई माला र टीका लगाई सेवाको शुभारम्भ गर्नुभयो । जिल्लाबासीको मागसँगै जिल्लामा करदाता धेरै रहेकाले जिल्ला सदरमुकामस्थित पुतलीबजारमा करदाता सेवा कार्यालय स्थापना गरिएको कार्यालयका प्रमुख कर्म लामाले बताउनुभयो । जिल्लामा करीब १५ हजार करदाता रहेको कार्यालयले अनुमान गरेको छ । कार्यालय स्थापनापछि धेरै जना करमा आबद्ध हुने कार्यालयले विश्वास लिएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार १८:०४