१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

नेपाल लाइफ इन्स्योरेन्सको कार्यवाहक सिइओमा सन्तोष प्रसाई

१ साउन, काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कार्यवाहक सिइओमा सन्तोष प्रसाइले जिम्मेवारी पाएका छन् । प्रमुख कार्यकारी अधिकृत विवेक झाको कार्यकाल समाप्ती भएसँगै उप–प्रमुख कार्यकारी अधिकृत प्रसाईले कार्यवाहक सिइओको जिम्मेवारी पाएका हुन् ।

असार ३१ गते बसेको संचालक समितिको बैठकले उनलार्ई कार्यवाहक सिइओको जिम्मेवारी दिएको जनाइएको छ । प्रसाई विगत ३ वर्षदेखि नेपाल लाइफ इन्स्योरेन्समा आवद्ध छन् । यसअघि उनले बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा सात वर्षको लामो अनुभव बटुलिसकेका छन् ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार १७:३२