५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

कैलालीमा आईएमईको कर्मचारी निर्मल कार्कीमाथि गोली प्रहार, कार्यालय लादैँ गरेको ९ लाख लुटियो

–विरू भण्डारी 
१३ जेठ, धनगढी । कैलालीमा आईएमईको कर्मचारी माथि गोली प्रहार भएको छ । धनगढी उपहानगरपालिका–१ मेनरोडमा आईएमईको कर्मचारी निर्मल कार्कीमाथि गोली प्रहार भएको हो ।

गोली हान्ने समूहले कार्कीको साथबाट ९ लाख रुपैयाँ लुटेर लगेको प्रहरीले जनाएको छ । बैंकबाट रकम लिएर आईएमई सेन्टरमा जाने क्रममा कार्की माथि गोली प्रहार भएको हो ।

बा ४० प ४४३८ नम्बरको मोटरसाइकलमा आएका दुई व्यक्तिले गोली प्रहार गरी उनको साथमा रहेको रकम लुटेर भागेको प्रत्यक्षदर्शीलाई उधृत गर्दै प्रहरीले जनाएको छ ।

पाखुरामा २ गोली लागेर घाइते भएका कार्कीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । शल्यक्रिया गरेर चिकित्सकले गोली झिक्न लागेका छन । प्रहरीले भारतसँग सीमा नाका जोडिएका स्थानलाई सिल गरेर गोली हान्नेको खोजी गरिरहेको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७५, आईतवार ११:५८