२५ पुष २०८१, बिहीबार | Thu Jan 9 2025

दोहोरो अंकले बढ्याे सेयर बजार

१ साउन, काठमाडाैँ । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक ३२ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ३२.४२ अङ्कले बढेर एक हजार ३९४.७७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ६.८१ अङ्कले बढेर २९५.०६ मा पुगेको छ ।

आज कूल १८० कम्पनीका २९ लाख १४ लाख ५१८ कित्ता शेयर रु एक अर्ब चार करोड १७ लाख ७० हजार ८६७ मा खरिदविक्री भयो । आज कारोबार भएको १२ वटै उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ४०.९९, व्यापार १३.९१, होटल १२.२६, विकास बैंक ६०.०५, जलविद्युत् ९.९२, वित्त १६.८२, निर्जीवन बीमा ७९.३७, उत्पादन ४५.५५, अन्य ६.७९, लघुवित्त ६.४८, जीवन बीमा १३४१.१५ र सामूहिक लगानी कोष ०.०३ अङ्कले बढेको छ ।

आज कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु नौ करोड ४१ लाख ७२ हजार ५६४ मा खरिदविक्री भयो । यस्तै एनएमबी बैंकको रु आठ करोड २७ लाख ५७ हजार ५०८, एनआईसी एशिया बैंकको रु पाँच करोड ६८ लाख २१ हजार ६७३, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु तीन करोड ५८ लाख ४८ हजार ३२८, नबिल बैंक लिमिटेड रु तीन करोड चार लाख १३ हजार १४६ र ग्लोबल आईएमई बैंकको शेयर रु दुई करोड ५१ लाख ३२ हजार ३५० मा खरिदविक्री भयो ।

आज सबैभन्दा बढी एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सबैभन्दा बढी ९.९६ प्रतिशतले कमाए । यस्तै मितेरी डेभलपमेन्ट बैंक ९.१२, लक्ष्मी बैंक ९.०९, पोखरा फाइनान्स ८.९०, रिलायन्स फाइनान्स ८.२६ र गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८.११ प्रतिशतले कमाए ।

ओरियन्टल होटल लिमिटेडका लगानीकर्ताले ६.३८ प्रतिशतले गुमाउँदा राधी विद्युत् कम्पनी ५.०३, नबिल ब्यालेन्स फण्ड–२ ३.८४, सामुदायिक लघुवित्त वित्तीय संस्था ३.०३, स्वरोजगार लघुवित्त विकास बैंक ३.०३, युनाइटेड मोदी हाइड्रोपावर २.८८ र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले २.८२ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार १५:२६