१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

कोरोना रोकथाम कोषमा सूर्य नेपालको १ करोड सहयोग

१ साउन, हेटाैँडा । बागमती प्रदेश सरकारले स्थापना गरेको कोरोना भाईरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सूर्य नेपाल प्रालिले १ करोड रुपैयाँ सहयोग गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई सूर्य नेपाल प्रालिका उपाध्यक्ष रवि केसीले बुधबार सो  रकमको चेक हस्तान्तरण गर्नुभयो ।
सहयोग रकमको चेक हस्तान्तरणपछि मुख्यमन्त्री पौडेलले कोषमा रकम प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्दै सबैको सहयोगमा कोरोना विरुद्धको अभियान सफल हुने बताउनुभयो । सरकारको अभियानमा सुर्य नेपालको हातेमालोको उहाँले प्रसम्सा गर्नुभयो ।
सूर्य नेपाल प्रालिका उपाध्यक्ष केसीले कोरोना विरुद्धको अभियानमा प्रदेश सरकारले देखाएको सक्रियतालाई साथ दिन सहयोग गरेको बताउनुभयो । कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, प्रमुख सचीव तोयम राय, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलिया सहभागी हुनुहुन्थ्यो ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार १३:१८