१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

माओवादीको शैलीमा जग्गा कब्जा गर्ने कांग्रेस नेता सिजन गुरुङ पक्राउ

१२ जेठ, सुनसरी । माओवादीको शैलीमा जग्गा कब्जा गर्ने कांग्रेस नेता सिजन गुरुङ सुनसरीबाट पक्राउ परेका छन । कांग्रेसको भ्रातृ संस्था तरुण दल सुनसरीका सभापति समेत रहेका सिजन गुरुङलाई प्रहरीले गुण्डागर्दीको आरोपमा शुक्रबार राति पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी शिवकुमार श्रेष्ठका अनुसार गुरुङले पछिल्लोपटक तरहराकी तीर्थकुमारी गिरीको १० धुर जग्गा कब्जा गरेका छन । र सो जग्गामा बनाइएको घरबाट २०६८ सालदेखि भाडा असुल्दै आएको आरोप गुरुङमाथि लाग्दै आएको छ ।

यद्यपि नेता गुरुङले भने सो जग्गा आफ्नै भएको बताउँदै आएका छन् । निकै विवादित छविका गुरुङ यसअघि इटहरीको एक बलात्कार काण्डमा समेत मुछिएका थिए ।

प्रकाशित मिति : १२ जेष्ठ २०७५, शनिबार १५:२९