१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

प्रदेश ३ को ट्रेड युनियन काँग्रेसमा विनोद कार्की निर्वाचित

१२ जेठ, काठमाडौं । नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश नं ३ का अध्यक्षमा विनोद कार्की निर्वाचित भएका छन् ।

ट्रेड युनियन काँग्रेस प्रदेश नं ३ को शुक्रबार राति सम्पन्न मतपरिणामानुुसार २६६ मत ल्याएर कार्की विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी गणेश भट्टराईले २५४ मत प्राप्त गरे ।

यस्तै उपाध्यक्ष (खुल्ला)मा गोविन्द डंगोल र घनश्याम चापागाईं, उपाध्यक्ष (महिला)मा ईश्वरीदेवी लौडारी, उपाध्यक्ष (सेवा) मा लीलानाथ चौलागाईं, उपाध्यक्ष (उत्पादन)मा वीरेन्द्रबहादुर लामा, उपाध्यक्ष (अनौपचारिक)मा कुमारप्रसाद पौडेल र सचिवमा राजेश हुमागाई निर्वाचित भएका छन् ।

यसैगरी सहसचिव (खुल्ला)मा प्रकाश दाहाल, सहसचिव (महिला)मा उर्मिला कार्की, सहसचिव (सेवा)मा तुलसीप्रसाद अधिकारी, सहसचिव (उत्पादन) मा नरेन्द्र मानन्धर, सहसचिव (अनौपचारिक) मा भरतप्रसाद अधिकारी र सहकोषाध्यक्षमा तारा भण्डारी विजयी भएका छन् । कोषाध्यक्ष विश्वहरि घिमिरे भने यसअघि नै निर्विरोध निर्वा्चित भइसक्नुभएको छ । यस्तै सदस्यमा नरेन्द्र विष्ट, बाबुराम भुसाल, रामकुमार बस्नेत, शोभा भण्डारी, सरला पुडासैनी, हरिमाया पोखरेल, मीना तामाङ, ईश्वर गिरी, पुरुषोत्तम पराजुली, माधव पौडेल, उदयबहादुर लामा, प्रभा जोशी र ऋषिराम गिरी निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष कार्कीले श्रमिकलाई सामाजिक सुरक्षा योजना, स्वास्थ्य बीमा, दुर्घटना बीमा तथा मातृत्व संरक्षणका क्षेत्रमा विशेष पहल गर्ने बताए ।

प्रकाशित मिति : १२ जेष्ठ २०७५, शनिबार ०८:३८