१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

बासी प्रश्नहरुको पुलिन्दा नबोक्न कांग्रेस सांसदलार्इ नेकपाका नेता योगेश भट्टरार्इको अाग्रह

११ जेठ, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद योगेश भट्टरार्इले बासी प्रश्नहरुको पुलिन्दा नबोक्न कांग्रेस सांसदलार्इ अाग्रह गरेका छन । सरकारले संसदमा प्रस्तुत गरेको अागमी वर्षको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै सांसद भट्टरार्इले समयले ताजा प्रश्नहरु जन्माएको र ताजा उत्तर नै खोजिरहेको भन्दै बासी र पुराना प्रश्नका तीरमा अल्यमल्याएर सत्ता पक्षलाई अल्छी नबनाउन अाग्रह गरे । उनले नीति तथा कार्यक्रममा परिर्वतनको मार्गचित्र समावेश भएको भन्दै  सबै राजनीतिक दल र सांसदलार्इ समर्थन गर्न अाग्रह समेत गरे ।

सांसद भट्टरार्इले ‘सिद्धान्त र इतिहासको मृत्यु’ भयो भन्ने भ्रान्तीलाई प्रचार गरेर राज्यलाई दलालहरुले कब्जा गर्ने, राज्य र जनताबीचमा सदैव शत्रुतापूर्ण सम्बन्ध बनाइरहने मान्यता कुनै पनि वहाना र मूल्यमा स्वीकार्य नहुने भन्दै उनले यो नीति तथा कार्यक्रमले शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारीलगायतमा राज्यको नेतृत्वदायी भूमिकालाई स्वीकार गरेको बताए । उनले लोककल्याणकारी राज्यको स्थापना सँगै राजनीतिक संस्थाहरुमा बढ्दो दलाली चरित्रलाईलाई अन्त्य गर्ने अपेक्षा समेत गरे ।

यस्तो छ योगेशको सम्बोधन हेर्नुहोस भिडियो

संसदमा नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै सांसद योगेश भट्टरार्इ

प्रकाशित मिति : ११ जेष्ठ २०७५, शुक्रबार १२:४६