११ फाल्गुन २०८२, सोमबार | Tue Feb 24 2026

कारोबारको पहिलो दिनमा नै नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट

१५ असार, काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्यमा कारोबारको पहिलो दिन नै १० प्रतिशत घटेर नकारात्मक सर्किट लागेको छ।लकडाउनकै बिचमा शेयर बाँडफाँट गरि सूचीकरण गरिएको यस कम्पनीको शेयर ४२४ रुपैयाँमा पहिलो कारोबार भएको थियो।

बजार तीव्र गतिमा ओरालो लागेसँगै यस कम्पनीको शेयरमूल्य पनि ओरालो लागेको हो। कारोबार ४० मिनेटमा नै यस कम्पनीको शेयरमूल्य ४२ रुपैयाँ घटेर ३८२ रुपैयाँमा कारोबार भइरहेको छ। मार्केट डेप्थ अनुसार सो कम्पनीको शेयरमा बिक्रीचाप बढी देखिएको छ भने खरिदचाप शून्य रहेको छ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार १४:५८