१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

प्रतिनिधिसभाबाट आएका बजेटसँग सम्बन्धित तीन विधेयक राष्ट्रियसभाबाट पारित

८ असार, काठमाडौँ । राष्ट्रियसभाले प्रतिनिधिसभाबाट आएका बजेटसँग सम्बन्धीत विभिन्न तीन विधयेक पारित गरेको छ । सभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित आएका “आर्थिक विधेयक, २०७७”, “राष्ट्र ऋण उठाउने विधेयक, २०७७” र “ऋण तथा जमानत विधेयक, २०७७” लाई पारित गरेको हो ।

अर्थमन्त्री डा युवराज खतिवडाले विधेयकको दफावार छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै प्रदुषण हटाउन विद्युतीय सवारी बजेटको प्राथमिकतामा रहेको उल्लेख गर्दै सार्वजनिक यातायाताका साधनमा भएको कर यथावत रहेको स्पष्ट पार्नुभयो । साथै उहाँले विद्युतको खपत बढाउने थुप्रै कार्यक्रम बजेटमा रहेको बताउदै कृषिमा रसायनिक मलको भन्सार महशुल नबढेको, पेट्रोलियम पदार्थको मूल्य भारतमा भन्दा नेपालमा रु २० सस्तो भएकाले यसमा पूर्वाधार कर लगाइएको जानकारी गराउनुभयो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया तुम्बाहाङ्फेले “महान्याधिवक्ताको वार्षिक प्रतिवेदन, २०७५÷७६” सभा समक्ष पेश गर्नुभएको थियो ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार १७:३५