१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सुनको मूल्य प्रतितोला ९१ हजार पुग्याे

८ असार, काठमाडौँ । सोमबार छापावाला सुनकाे मुल्य प्रतितोला ९१ हजार पुगेकाे छ । आइतबार प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको सुनको मुल्य आज सोमवार एकै दिन ४ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिकात्मक तस्बिर ।

आज छापावाला सुन प्रतितोला ९१ हजार कारोबार भइरहेको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुनको मूल्य ९० हजार ५ सय ६५ रुपैँयामा कारोबार भइरहेको छ। यस्तै चाँदी आइतबारको तुलनामा १० रुपैयाले बढेर प्रतितोला ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार ११:१७