१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

अोलीले अँगाल्दा डा युवराज खतिवडा संगठित सदस्यता विनै नेकपाको केन्द्रीय सदस्य

१० जेठ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समितिमा मनोनयन भएका डा युवराज खतिवडा संगठित सदस्यता विनै केन्द्रीय नेतृत्वमा पुग्ने पहिलो व्यक्ति बनेका छन । पार्टी संगठनमा लामो समय काम गरेर तहगत रुपमा माथिल्लो कमिटीमा जाने परम्परालाई तोड्दै डा खतिवडा नेकपाको कन्द्रीय सदस्य बनेका हुन ।

प्रधानमन्त्री समेत रहेका नेकपामा अध्यक्ष केपी शर्मा ओलीले डा खतिवडालाई केन्द्रीय सदस्य बनाउने र आवश्यक पक्रिया पूरा गर्न निर्देशन दिएपछि तत्कालीन एमालेका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ तनावमा परेका थिए । कार्यालयमा सदस्यताको कुनै रेकर्ड नै छैन प्रधानमन्त्रीले जसरी पानि मिलाउनु भन्नु भएको छ अब के गर्नु भन्दै श्रेष्ठाले बाँकी प्रक्रिया मिलाएको धुम्बाराही स्रोतले जनाएको छ ।

लामो समय एमालेको नाममा राजनीति गरेका र पार्टीकै काममा कपाल पकाएकाहरुलाई वेवास्ता गर्दै डा खतिवडा जस्ता अवसरवादीलाई केन्द्रीय सदस्य बनाएको भन्दै शीर्ष तहकै धेरै नेता असन्तुष्ट बनेका छन । उनीहरुले डा खतिवडाले विगतदेखि नै एमालेको नाममा फाइदा लिँदै आए पनि एमालेका लागि कुनै त्याग नगरेको भनेर आरोप समेत लगाएका छन ।

अझ रोचक त के छ भने डा खतिवडा र विष्णु पौडेलको शक्तिसहितको उदयलाई नेकपा समाप्त पार्ने भारतीय खेल भनेर समेत चर्चा गर्न थालिएको छ । नेकपाका एक जना नेताले दैनिकीसँग भने, ‘यसका भित्रि पर्दाहरु विस्तारै खुल्दै जानेछन, ठाेकुवा गरेर भन्छु भारतपरस्तहरुलाई नेकपाको नेतृत्वमा पुराएर नेपालको कम्युनष्टि आन्दोलन कमजोर तुल्याउने र राष्ट्रवादीधारलाई कमजोर बनाउने भारतको खेलमा सुरु भएको छ । यो कम्युनिष्ट आन्दोलनका लागि घातक हो ।’

प्रकाशित मिति : १० जेष्ठ २०७५, बिहीबार १७:०७