राष्ट्रपतिको चुनाव फागुन २९ गते
१० फागुन, काठमाडौँ । राष्ट्रपतिको निर्वाचन २९ गते हुने भएको छ । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले फागुन २९ गते विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने गरी निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार चुनाव भएकै दिन बेलुका ४ बजेपछि मतगणना हुनेछ ।
राष्ट्रपति चुनावका लागि २१ गते मतदाता नामावली प्रकाशन गर्ने, २२ गते मतदाता नामावलीमा छुट नाम समावेश गर्न तथा विवरण सच्याउन दरखास्त दिने साथै मतदाता नामावली माथि दावी विरोध गर्ने कार्यतालिका रहेको छ । राष्ट्रपति चुनावको परिणाम सार्वजनिक भएपछि मात्र उपराष्ट्रपति चुनावका लागि मिति तोकिने ढकालले जानकारी दिए ।
प्रकाशित मिति : February 22, 2018 at 6:40 pm









