१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

गण्डकी प्रदेशले ल्यायो ३४ अर्ब ८४ करोडको बजेट

१ असार, काठमाडाैँ । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँको बजेट सार्वजनिक ल्याएकाे छ । अर्थमनत्री गुरुङले चालुतर्फ १४ अर्ब ३४ करोड २६ लाख ८४ हजार र पुँजीगततर्फ १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार रुपैयाँको बजेट प्रस्तुत गरे । वित्तीय व्यवस्थातर्फ ५० करोड रुपैयाँ प्रस्ताव गरिएको छ ।


कुल बजेटमा चालुतर्फ ४१.२ प्रतिशत, पुँन्जीगत ५७.४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १.४ प्रतिशत छ । आगामी आर्थिक वर्षको बजेटमा खर्च ब्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ७ अर्ब ११ करोड २६ लाख, ससर्त अनुदान ४ अर्ब ८४ लाख, समपूरनक अनुदान १ अर्ब ४९ करोड ६९ लाख, विशेष अनुदान ५४ करोड, राजस्व बाँडफाँडबाट प्राप्त हुने ७ अर्ब ५७ करोड ३७ लाख, रोयल्टीमार्फत ३० करोड, आन्तरिक राजस्वबाट प्राप्त हुने ४ अर्ब ६० करोड ८५ लाख रुपैयाँ अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा गण्डकीले ३२ अर्ब १३ करोडको बजेट ल्याएको थियो ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार १८:३२