१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

सरकारको नीति तथा कार्यक्रमः कांग्रेस सभापति देउवाले देखेनन् सिर्जनशील

९ जेठ, काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रम सिर्जनशील नभएको आरोप लगाएका छन । बुधबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै विपक्षी दलका नेता देउवाले नीति तथा कार्यक्रममा कुनै सिर्जनशीलता नदेखिएको बताए ।

उनले भने ‘विगत दुइवर्ष लगातार उच्च आर्थिक वृद्धि दर हासिल गरिएको छ । अहिलेको सरकारलाई अवसर थियो । तर, सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कुनै सिर्जनशीलता देखिएन ।’ उनले सरकारको नीति तथा कार्यक्रममा नीतिहरु रहेको तर, कार्यक्रम नभएको उनले बताए ।

प्रकाशित मिति : ९ जेष्ठ २०७५, बुधबार १८:२२