१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

कोरोना नियन्त्रण खर्च सार्वजनिक, यस्तो छ स्वास्थ्य सामाग्री खरिद देखि क्वारेण्टीनसम्मका खर्च

३१ जेठ, काठमाडौँ । सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा खर्च भएकाे विवरण सार्वजनिक गरेको छ । सीसीएमसी निर्देशन समितिको निर्णयअनुसार खर्च विवरण सार्वजनिक गरिएको हो । जसमध्ये संघीय संचित कोषबाट श्रोत व्यवस्थापन गरिएको रकम ४ अर्व १० करोड ५५ लाख ६ हजार रहेको छ। जसमध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रक्षा मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, शहरी विकाश मन्त्रालय र शिक्षा मन्त्रालयलाई बजेट दिइएको उल्लेख छ।

औषधि, स्वास्थ्य सामाग्री, स्वास्थ्य पूर्वाधार, जनशक्ति परिचालन, क्वारेन्टिन र अन्य गरी ५ अर्ब ६२ करोड ९२ लाख ४० हजार निकासा भएको सार्वजनिक गरिएको छ। सातै प्रदेशबाट गरी १ अर्ब ३० करोड ४ लाख ९९ सय हजार खर्च भएको उल्लेख छ।

त्यसैगरी स्थानीय तहहरूले २ अर्ब ९८ करोड ५१ लाख ९४ हजार खर्च गरेको विवरणमा रहेकाे छ। त्यस्तै प्रदेश सरकारकातर्फबाट कोरोना कोषमा २ अर्ब २२ लाख ५३ हजार जम्मा भएको उल्लेख छ भने स्थानीय तहबाट ४ अर्ब ८३ करोड २७ लाख १५ हजार जम्मा भएको उल्लेख छ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार ११:४३