१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

भाषणमा मदन भण्डारी सम्झाउने पुन्य नेकपा केन्द्रीय समितिबाट किन अाउट ? पुन्यकै शब्दमा पढ्नुस्

९ जेठ, काठमाडाैँ । नेकपा माले हुँदै तत्कालीन एमालेमा प्रवेश गरेका पुन्य गाैतम विश्वास नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीको सदस्य भएको केही घण्टामै हटाइए । भाषणकलामा पोख्त उनलार्इ सुनेर धेरैले भदन भण्डारी विर्साउने मान्छे भन्ने गरेका थिए । पुन्य लगायतका अन्य तीन जना पनि हटाइएपछि धेरै सञ्चारमाध्यमा उनीहरू हेडलाइन बने । पुन्यलार्इ नेकपाको केन्द्रीय समितिबाट हटाइएपछि साथी र शुभेच्छुकबाट अाएको बारम्बारको फोन पछि उनले एउटा फेसबुक स्टाटस लेखेर अाफ्नो बारेमा बताएका छन ।

पुण्यकै शब्दमा पढ्नुहोस् (गाैतमको स्टाटस जस्ताको त्यस्तै)

आफूमाथी यत्रो बज्रपात र अन्याय हुँदा पनि तपाई किन चूपचाप?केहि त बोल्नुस भनेर देश विदेशमा रहेका साथीहरु,कमरेडहरु र फ्यानहरुले धेरै गुनासो गर्नुभएकोले केहि लेख्दैछु/त्यसो त दुख र पिडा चूपचाप हलाहल विष निलेजस्तै पचाउने मेरो स्वभाव हो/मेरो जीवनमा मैले सुखको दिन अत्यन्तै कम देखेको छु/सानैमा राजनीतिमा हेलिएको मलाई ममतामयी आमाले टुहुरो बनाएर गएपछी मेरो भाग्य नै फुटेजस्तो भयो/वि.सं.2044/2045 सालदेखि राजनीतिमा हाम फालेको मलाई जनयुद्धको क्रममा वि.सं.2055 सालमा निजगढ हिराशतमा करेे़न्ट लगाएर चरम यातना दिईरहेको बेला पूजनिय पिताजी बित्दा मलाई पिडामाथी महापिडा थपिएको थियो/त्यसयता निरन्तर राजनीतिक जीवनमा अकल्पनिय पिडा,षडयन्त्र,धोकाधडी,अपमान,संकट भोग्दै आएको छु/

आजपनि खल्तीमा पैसा नहुँदा गाडी चढ्न नसकि भोकैभोकै हिडेको छु/तर देशभक्ति र स्वाभिमानलाई झुक्न दिएको छैन/देशभक्त भिमसेन थापा सेरिएर मर्नुुरेको यो देशमा सच्चा राष्ट्रवादीको बर्बादी र स्वार्थीहरुको फलिफाप भएको देख्दा यस्तो लाग्छ-यहाँ साँच्चै सतिको सराप परेको छण/स्कूलमा सँधै फस्ट हुँदै आएको मैले राम्रो अंकका साथ एम.ए. छिचोल्दै PHD को तरखर गर्दा पनि मेरो योग्यताको कदर कहिल्यै भएन/मेरो खेदो खन्ने धेरै मिडीयाहरुले आर्टिकलको पैसा नदिएर श्रम शोषण गरे/तर हमेशा चुपचाप सहें/अहिले म बिहान बेलुका हातमुख जोर्न नसक्ने चरम आर्थिक संकटमा छु/रिनमा चुर्लुम्म डुबेको छु/मनको बह कहाँ पोखौं/राजनीति र मिडीयामा केहि मान्छे यति निष्ठुरी छन्/ओरालो लागेको मृगलाई झन खेदेजस्तै निरन्तर मेरो थाप्लोमा दुष्प्रचारको घन बजार्दैछन/अस्ति भर्खरै एक्सिडेन्टको आलो घाउ नथाक्दै हृदयमा फेरि अर्को घाउ लाग्यो/षडयन्त्रको घन अझ बजार्दै जाओ,ताकि म स्पातजस्तै दरो बनुँ/दिईसकेको गाँस मेरो मुखबाट खोसेर मलाई भोकभोकै मार्न चाहने पापी र षडयन्त्रकारीहरुलाई म श्राप हैन आशिष दिन चाहन्छु-तिमीहरुलाई सुनको पलंगमा अँनिदो रात गुजार्ने सौभाग्य मिलोस्/

जीवनमा मित्रको मात्र हैन,बैरीको समेत सम्मान गरियो तर कसैको चाकडी चम्चागिरी गर्न जानिएन/पद,पैसा र नियुक्ति बिना नै हिलो धूलो सडकमा बसेर नेपाल आमा,जनता र पार्टीको सेवा गर्न मलाई कसले रोक्ने?समयले मलाई भोली अकल्पनिय उचाईमा पुर्यायो भनेपनि भौतिक सुख सुविधामा नरम्ने म अहिले सडकमाजस्तै अभाव र संघर्षमा हुनेछु/मलाई केन्द्रीय सदस्य देख्न चाहने लाखौं साथीहरु निरश हुनुभएकोमा मलाई दुख छ/म जाँड रक्सी,जुवातास,रण्डीबाजी,चुरोट बिंडी,खैनी सबैबाट मुक्त सात्विक चिन्तनको,लप्पनछप्पन नजान्ने अनुशासित,नैतिक,सरल र सोझो मान्छे हुँ/कसैको कुभलो चिताउँदिन,सबैलाई सम्मान गर्दै मिठो बोल्छु/तैपनि ममाथी किन यतिधेरै शत्रु लागेका होलान?म जस्तै वा मभन्दा योग्य साथीहरु पनि सायद मेरैजस्तो नियती भोग्दै हुनुहुन्छ होला/योग्यता क्षमता भएर पनि सुखसयलको अरु बाटो त्यागेर आजीवन राजनीतिको दुखिया समुन्द्रमा म हेलिनुको कारण यो महान देश र गरिब जनताको मुहार उज्यालो बनाउने निस्वार्थ सेवा भाव नै हो/यस्ता हजार पिडा,निन्दा र दुख पचाएर म जीवनभर राजनीतिमार्फत ईमानदारीपूर्वक नेपाल आमाको सेवा गरिरहनेछु/विकसित नेपालको लक्ष बोकेर निरन्तर अगाडी बढिरहँदा मलाई पद पाउनु र नपाउनुले केहि असर गर्दैन/मैले जीवनमा आजसम्म न कुनै लाभको पद पाएको छु,न खोजेको छु/त्यसमा मेरो रुची छैन/सरकारी पदका भोकाहरुलाई नै त्यो दिएहुन्छ/

म सडकमै अभाव र गरिवी फेस गर्दै सरकारी पदबिनानै जनताको सेवा गर्न चाहन्छु/सरकारी पदले मात्रै ठूलावडा भईखाएका कमजोर मान्छेहरु आज जनताको नजरमा गिरेर गुमनाम बाँचिरहेका छन्/तर हामी निस्वार्थ नेपाल आमाका सेवकहरु जनताको मनमा चम्किरहेका छौं/मेरो दुखमा हरहमेशा साथ र सहयोग दिने प्रिय साथीहरु मलाई तपाईहरुको स्नेह र माया भए काफी छ/अरु केहि चाहिंदैन/दुखमा नआत्तिने र सुखमा नमातिने समुन्द्रझैं शान्त मेरो अन्तरमनले भन्छ-एकदिन हामीजस्ता हेपिएका,लुटिएका,अपमानित,गरिब,योग्यता भएर पनि किनारा लगाईएका दिनहिन अभागीहरुको पनि सुदिन फर्किन्छ/र सेरोफेरो सबै मेरो भन्ने नेपाली अलेक्जेंडरहरु पनि रित्तो हात चिहानमा सँदाको लागि निदाउनेछन्/अन्त्यमा म हाम्रो महान देश नेपाल र गौरवशाली नेपाल कम्युनिष्ट पार्टी को निती,बिचार र नेतृत्वप्रति आजीवन वफादार भई जन्मभूमिको सेवामा खट्ने प्रण गर्दछु ।

प्रकाशित मिति : ९ जेष्ठ २०७५, बुधबार १७:१८