१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सुनको मूल्य अहिलेसम्मकै धेरै, नब्बे हजारको हाराहारीमा पुग्याे

२९ जेठ, काठमाडाैँ । स्थानीय बजारमा सुनको मूल्यमा अनपेक्षितरुपमा वृद्धि भएको छ । आज बजार खुल्दा प्रतितोला पहेँलो धातुको मूल्य रु ८९ हजार ६०० कायम भई हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य बुधबारको तुलनामा रु हजारले बढेका छ ।

प्रतिकात्मक तस्बिर ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रु ८९ हजार १६५ मा कारोवार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला रु ९५० कायम भएको छ ।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको स्थानीय बजारमा पनि प्रभाव परेको सुनचाँदी व्यवसायीले बताएका छन् । गत आइतबारदेखि सुनको मूल्यमा निरन्तर बढोत्तरी भइरहेको छ । उक्त दिन रु ८७ हजार ४०० मा एकतोला सुन खरिद बिक्री भएको थियो ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहीबार १५:३०