२१ पुष २०८१, आईतवार | Sun Jan 5 2025

लकडाउनपछि पहिलाेपटक ताेकियाे सुनकाे मुल्य, ताेलामै १० हजार बढ्याे

२५ जेठ, काठमाडाैँ । लकडाउनपछि पहिलाेपटक ताेकिएकाे सुनकाे भाउ १० हजारले बढेकाे । नयाँ मूल्य अनुसार छापावाला सुनकाे मूल्य प्रतिताेला ८७ हजार ४ सय रुपैयाँ पुगेकाे हाे । त्यस्तै, तेजाबी सुनकाे ८६ हजार ९ सय ६० रुपैयाँ तथा चाँदीकाे मूल्य ९ सय २५ रुपैयाँ पुगेकाे हाे ।

प्रतिकात्मक तस्बिर ।

लकडाउनअघि चैत १० गते सुनकाे मूल्य ७७ हजार रुपैयाँ तथा चाँदीकाे मूल्य प्रतिताेला ७ सय २० रुपैयाँ थियाे । याे वर्ष सुनमा प्रतिताेला २ हजार ५ सय रुपैंया भन्सार दर थप भएकाे छ । त्यस्तै अन्तराष्ट्रिय बजारमा सुनकाे भाउ बढेकाे छ भने नेपाली रुपैंया डलरकाे तुलनामा थप कमजाेर भएकाे छ । त्यसैले गर्दा याे मूल्य बढेकाे हाे ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आईतवार १३:५९