२१ पुष २०८१, आईतवार | Sun Jan 5 2025

सन् २०२० मा यूरो क्षेत्रको मुद्रास्फीति ०.३ प्रतिशतमा झर्ने, सन् २०२२ सम्म १.३ प्रतिशत पुग्ने

२२ जेठ, फ्रयाङ्कफर्ट । यूरोपेली मुद्रास्फीति यस वर्ष केवल ०.३ प्रतिशतमा झर्ने यूरोपेली केन्द्रीय बैंकका प्रमुख क्रिस्टिन लगार्डले बिहीबार बताउनुभएको छ । कोरोनाभाइरस महामारीको आर्थिक प्रभावलाई ध्यानमा राख्दै गरिएको ताजा पूर्वानुमानमा उहाँले यूरो क्षेत्रको मुद्रास्फीति ०.३ प्रतिशत कायम रहने बताउनुभएको हो । सन् २०२१ मा मूल्य वृद्धि ०.८ प्रतिशतले हुने र सन् २०२२ मा १.३ प्रतिशत पुग्ने प्रक्षेपण ईसीबीले गरेको छ ।

ईसीबीले यस पहिले (कोभिड–१९ को महामारीपूर्व) सन् २०२२ का लागि २.० प्रतिशतको लक्ष्य निर्धारण गरेको थियो । बिहीबारको प्रक्षेपण मार्चमा गरिएको प्रक्षेपणको तुलनामा निकै कम हो । मार्चमा ईसीबीले यस वर्षका लागि १.१, सन् २०२१ का लागि १.४ र सन् २०२२ का लागि १.६ प्रतिशत मुद्रास्फीति हुने अनुमान सार्वजनिक गरेको थियो । “आर्थिक वर्षको मध्यम अवधिमा कमजोर मागका कारण मुद्रास्फीतिमा गिरावट आउनेछ,” लगार्डले भन्नुभयो ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहीबार २३:३३