६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

कोरोनाका कारण टिचिङमा उपचाररत दोलखाका १ पुरूषको मृत्यु, मृतककाे संख्या ९ पुग्याे

२१ जेठ, काठमाडाैँ । नेपालमा कोरोनाको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत दोलखाका ७६ वर्षीय पुरूषको उपचारको क्रममा बुधबार मृत्यु भएको हो। उनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

फाइल फाेटाे

ती पुरुष गत जेठ १३ गते काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचारका लागि भर्ना भएका थिए । उनलाई हेमोरेजिक स्ट्रोक भएकोमा सोको अपरेशन गरिएको थियो । यस्तै जेठ १५ गते स्वाबको परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार १६:५६