सरकारले ७ असारसम्म बढायो कर तिर्ने मिति
२१ जेठ, काठमाडाैँ । सरकारले कर तिर्ने समयावधि ७ असारसम्म बढाएको छ। उद्योगी व्यवासायीको चर्को आलोचनासँगै व्यवसायीका प्रतिनिधिहरूले अर्थ सचिव शिशिर ढुंगानालाई भेटेरै कर तिर्ने समय बढाउन भनेपछि आन्तरिक राजश्व विभागले नयाँ मिति सार्वजनिक गरेको हो। यसअघि आन्तरिक राजस्व विभागले २५ जेठसम्ममा कर तिर्न सूचना निकालेको थियो। विभागले त्यसलाई सच्याउँदै ७ असारसम्ममा कर तिरे हुने गरी नयाँ सूचना जारी गरेको छ।



प्रकाशित मिति : June 3, 2020 at 3:53 pm









