२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

शिक्षक हुँदै मालपोत अधिकृत बनेका बद्रीराज ढकालविरूद्ध १० करोडको भ्रष्टाचार मुद्दा


२० जेठ, काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा भूमिसुधार तथा मालपोत कार्यालय ललितपुरमा कार्यरत मालपोत अधिकृत बद्रीराज ढकालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार अनाधिकृत रुपमा आर्जन गरेको रकम मालपोत अधिकृत ढकालले साली नाता पर्ने एक महिलाको नाममा सवारी साधन खरिद गरेको र अष्ट्रेलिया बस्ने जेठान नाताका नवराज अर्यालका नाममा समेत जम्मा गरेको पाइएको छ ।

मालपोत अधिकृत बद्रीराज ढकाल र उनको श्रीमती सिर्जना अर्याल । तस्बीरः ढकालको फेसबुक

आयोगका अनुसार मालपोत अधिकृत ढकालले रु १४ करोड ५३ लाख ८२ लाख ४९८ बराबरको खर्च तथा लगानी गरेको पाइएको छ । अनुसन्धानका क्रममा ढकालको रु १० करोड २७ लाख ५८ हजार ४६१ अवैध पाइएको छ । मालपोत अधिकृत ढकाल २०५४ माघ १४ गते अस्थायी शिक्षकका रुपमा सार्वजनिक सेवामा प्रवेश गरी मालपोत कार्यालय लमजुङबाट खरिदारको पदमा प्रवेश गर्नुभएको थियो ।

विसं २०५५ असोज १६ मा स्थायी नियुक्त प्राप्त गरी निजामती सेवामा प्रवेश गरी नासु र हाल शाखा अधिकृतका रुपमा कार्यरत हुनुहुन्थ्यो । उहाँले लगनखेल, ललितपुरमा कार्यरत रहेको पाइएको छ । आयोगले मालपोत अधिकृत ढकाल, उहाँको श्रीमती सिर्जना अर्याल र जेठान नाताका नवराज अर्यालविरुद्ध विशेष अदालतमा मद्दा दायर गरेको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलवार २०:२३