१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

माधव नेपाललाई वैचारिक र रामबहादुर थापालाई संगठनात्मक प्रतिवेदन तयार गर्ने जिम्मेवारी


१० फागुन, काठमाडौँ । नेकप एमाले र नेकपा मओवादी केन्द्रले पार्टी एकताका लागि सात बुँदे सहमति गरेपछि गठित दुई कार्यदलको संयुक्त बैठकले जिम्मेवारी तोकेको छ । दुबै पार्टीका अध्यक्षको उपस्थितिमा बालुवाटारमा बसेको बैठकले वैचारिक प्रतिवेदन तयार गर्न माधवकुमार नेपाललाई जिम्मेवारी दिएको छ भने संगठनात्मक संरचना तयारीका लागि रामबहादुर थापा बादललाई जिम्मेवारी दिएको छ । जारी कार्यदलको बैठक अघि दुबै दलका अध्यक्षबीच भेटवार्ता भएको थियो । भेटमा मन्त्रिमण्डल विस्तार र पार्टी एकता प्रक्रियाबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए ।

प्रकाशित मिति : १० फाल्गुन २०७४, बिहीबार १३:५७