कोरोना कहरमा सुरक्षित मातृत्व
-प्रा.डा. ओमप्रसाद बराल
सुरक्षित मातृत्वले स्वस्थ्य आमाबाट स्वस्थ्य बच्चा जन्माई स्वस्थ्य नागरिक निर्माणमा अहम र महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यही तथ्यलाई साकार पार्न नेपाल सरकारले सन् १९९६ मा सुरक्षित मातृत्व कार्यक्रम संचालनमा ल्यायो । त्यसबेला मातृ मृत्युदर प्रतिएक लाखमा ५३९ थियो भने त्यसको २० वर्षपछि सन् २०१६ मा १४२ मा झ¥यो । नेपाल सरकारले सन् २०२० मा मातृ मृत्युदर १२५ र सन् २०३० मा ७० मा सीमित राख्ने लक्ष्य लिएर अघि बढिरहेको अवस्थामा कोभिड–१९ को विश्व महामारीले सुरक्षित मातृत्व सेवा नै अबरुद्ध हुन पुगेको छ ।
कोरोना संक्रमणको पहिलो केस २०७६ माघ १०, दोस्रो चैत्र १०, २ बाट ५० पुग्न १ महिना ४ दिन, ५० बाट १०० पुग्न ११ दिन र १०० बाट २७६ पुग्न १० दिन साथै ३ महिना २३ दिनको दिन सुरक्षित मातृत्व अवस्था (सुत्केरी अवस्था) मा रहेकी २९ वर्षिया महिला रोगको पूर्ण निदान नहुँदै कोरोना संक्रमणबाट मृत्यु भएको दुःखद समाचार सुन्नु प¥यो । यस कारण नेपालले कोरोना संक्रमणको सबै अवस्था पार गरेको प्रस्ट हुन्छ । २०७६ चैत्र ११ गतेदेखि बन्दाबन्दी अर्थात् लकडाउनले झण्डै २ महिना पार गर्नै लाग्दा सरकारले नियमित खोप कार्यक्रम पुनः संचालन गर्न निर्देशन दिएको देखिन्छ । यसबाट सरकार बालबालिकाप्रति सचेत भएको तर सुरक्षित मातृत्व कार्यक्रम पनि खोप कार्यक्रम जस्तै महत्वपूर्ण भएको हुँदा सो कार्यक्रम सम्बन्धमा सरकार नबोल्नुले भोलिको देशका कर्णधारहरूको चौतर्फी विकासमा अवरोध सृजना हुने देखिन्छ ।
आमा स्वस्थ्य भएमा गर्भमा रहेको शिशु स्वस्थ्य हुन्छ भन्ने तथ्यको आधारमा आमा र शिशु दुवैको स्वास्थ्य रक्षा गर्ने कार्यक्रम नै सुरक्षित मातृत्व कार्यक्रम हो । कोरोनाले यस अवस्थामा रहेकी महिलालाई असर ग¥यो भने आमा र शिशु दुवैमा असर गर्ने हुँदा यस्तो महत्वपूर्ण र संवेदनशील विषयमा सरकारले जतिसक्दो चाँडो सुरक्षित मातृत्व सेवा सुचारु गर्न ढिला गर्नु हुँदैन । मातृत्व सेवा अन्तर्गत गर्भवतिले ४ पटक स्वास्थ्य परीक्षण गराउने, आइरन चक्की खाने, टिटि खोप लगाउने, स्वास्थ्यकर्मीद्वारा स्वास्थ्य संस्थामा सुत्केरी गराउने, सुत्केरी भइसकेपछि ६ हप्तासम्म ३ पटक स्वास्थ्य परीक्षण गराउने, थप पोषिलो खाना लिने र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिने पक्षहरू पर्दछन् । तर बन्दा बन्दीको कारण यी र यस्ता सेवाबाट धेरैजसो नेपाली महिला दिदी बहिनीहरू वन्चित हुनुपरेको अवस्था छ ।

गरिब र रोजगारी गुमेको परिवारका महिलाहरूमा पोषिलो खानाको कमी, खोप आइरन चक्की, स्वास्थ्य परीक्षणको अभावमा आमा र शिशु दुवैको स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ । यस्तै अनि बालस्वास्थ्य, किशोर किशोरीको स्वास्थ्य, परिवार योजना जस्ता क्षेत्रमा समेत सरकार संवेदनशील हुन जरुरी छ । यस सन्दर्भमा कोरोनामुक्त नेपाल बनाउने सरकारको नीति तथा कार्यक्रम अत्यन्तै सह्रानीय छ । मातृ स्वास्थ्य नेपालको भविष्यसँग गाँसिएको क्षेत्र हुँदा यसलाई उच्च प्राथमिकतामा राखेर गर्भवति÷सुत्केरी महिलाहरूलाई मातृ स्वास्थ्य सेवा प्रदान गर्नुको साथै पर्याप्त खानाको लागि राहतको समेत उचित व्यवस्था गर्नु पर्ने देखिन्छ । किनकि गर्भवति÷सुत्केरी महिलामा कोरोना संक्रमण भयो भने त्यसले प्रत्यक्ष रूपमा गर्भमा रहेको शिशु र स्तनपान गर्ने बच्चामा समेत संक्रमण पैmलिने हुँदा दोहोरो संक्रमणको जोखिम हुन्छ ।
गरिबीको चपेटामा परेका बालबालिकाहरूलाई पनि उत्तिकै महत्व दिएर उनीहरूको शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक पक्षको विकासमा सरकारले कार्यक्रम ल्याउन ढिला गर्नु हुँदैन । होइन भने भोलिको देश निर्माता एवं कर्णधारहरू शारीरिक रूपमा असक्त, मानसिक रूपमा विचलित, सामाजिक रूपमा निस्क्रिय र संवेगात्मक रूपमा असन्तुलित बच्चा र मनोवैज्ञानिक रूपमा विचलित आमाहरूको जमात देखा पर्ने छ । त्यसको परिणाम अस्वस्थ्यकर मानिसहरूले मेहनत परिश्रम गर्न असक्षम हुने, मेहनत र परिश्रमको अभावमा आम्दानी गर्न नसक्ने र कम आम्दानीको कारण आधारभूत आवश्यकता गास, बास, कपास, स्वास्थ्य शिक्षा पुरा नभई कुपोषित र अस्वस्थ्यकर जीवन बिताउनु पर्ने हुन सक्दछ । यो चक्र यसरी भिसियस रूपमा चल्ने देखिन्छ । जसको परिणाम समृद्ध नेपाल सुखी नेपालीको आसा भरोसामा तुषारापात हुने देखिन्छ ।
यही मिति २०७७ जेष्ठ १५ गते आउने बजेटमा कोरोनामुक्त नेपालको सपना साकार पार्ने स्वास्थ्य क्षेत्रको बजेट इतिहासकै सुनौलो र स्वर्णिम भनेर चिनिने साथै सबैले मुक्त कण्ठले वकालत गर्ने व्यावहारिक खालको आउनु पर्दछ । स्वास्थ्य क्षेत्रको बजेटमा सांसदलाई प्रदान गरिँदै आएको स्थानीय पूर्वाधार विकास कोषलाई स्वास्थ्य क्षेत्रको कोषमा परिणत गर्ने गरी भोलीको नेपाल स्वास्थ्य नेपाल भन्ने नारालाई साकार पार्ने खालको हुनु पर्दछ ।
सुरक्षित मातृत्व कार्यक्रमलाई सफल गराउन कोरोना संक्रमणको क्षेत्रलाई सामाजिक नक्साङ्कनको आधारमा ग्रेडिङ गरी रेड, एलो र सुरक्षित क्षेत्र भनी घोषणा गरी सुरक्षित मातृत्व लगायत उद्योग कलकारखाना, व्यापार व्यवसाय, कृषि आदि क्षेत्रमा समेत आर्थिक क्रियाकलाप उन्मुख कार्यहरू गर्नु पर्ने देखिन्छ । यस्ता क्रियाकलापमा ढुक्क भएर अगाडि बढ्न उच्च मनोबल र आत्मबल सहितको पूर्ण भरोसा योग्य सरकारको महसुस गर्न नेपाली जनताले आशा भरोसा राखेका छन् ।
कठिन परिस्थितिमा परीक्षणयुक्त नेतृत्वले देश संहालिरहेको र यस्तो सङ्कटपूर्ण घडिबाट देशलाई कोरोनामुक्त बनाउने कार्यमा पार लगाउने विश्वास समेत नेपाली जनतामा रहेको छ । अहिलेसम्म कोभिड–१९ को संक्रमणमा सरकारले गरेका प्रयासहरूको गम्भीर समीक्षा (पोस्टमार्टम) गरी कमी कमजोरी हटाउँदै उपयुक्त समयमा स्वास्थ्य क्षेत्रको बागडोर जनस्वास्थ्य एवं चिकित्सकीय क्षेत्र बुझेको र भिजेको पात्रलाई उसैको नेतृत्वमा कोरोना विरुद्धको यात्रा तय गर्न लगाई तिनै तहको सरकारले समन्वय, सहयोग र सहकार्य गर्दै युद्ध स्तरमै प्रवद्र्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक साथै मानसिक स्वास्थ्यलाई समेत द्रुतगतिमा अघि बढाउन उपयुक्त देखिन्छ ।
मातृ स्वास्थ्यमा आमा र बच्चा दुवैमा पर्ने हुँदा यसलाई विशेष केन्द्रित गरेर सरकारले प्रदान गर्ने डेलिभरी सर्भिस छिटो, छरितो र व्यवस्थापन चुस्त दुरुस्तताका साथ अघि बढ्न आवश्यक छ । साथै के कति कारणले सुत्केरी अवस्थामा रहेकी महिलाले कोरोना संक्रमणबाट मृत्युवरण गर्नुप¥यो जस्ता स्वास्थ्यसँग सम्बन्धित विषयवस्तुमा समेत अनुसन्धान गरी सरकारलाई पृष्ठपोषण दिन आवश्यक छ । रेड जोनमा मातृ सेवा लिने महिला दिदी बहिनीहरूलाई महिला स्वास्थ्य स्वयंसेविका मार्पmत घर घरमै मातृ सेवा प्रदान गर्न उपयुक्त देखिन्छ । एलो र सुरक्षित क्षेत्रमा रहेका सेवाग्रहीलाई सामाजिक दुरी कायम गरी नियमित रूपमै यथास्थानबाटै मातृत्व सेवा प्रदान गर्न उचित देखिन्छ ।
यतिबेला कोरोना भाइरसको संक्रमण हाम्रो देश नेपालमा पनि अनपेक्षित रुपमा बढदै गएको छ । यद्यपि यस मामिलामा हाम्रोे बढता चिन्तन पूर्व सावधानीतर्फ भन्दा उपचारात्मक स्वास्थ्य सेवातर्फ केन्द्रीत बन्दै जान थालेको छ । यसैगरी हाम्रो बढता ध्यान कोराना भाइरसको अन्तर्राष्ट्रिय सन्दर्भहरुतिर गैरहेका छन । सोच, चिन्तन, गतिविधि र रोकथामका क्रियाकलापहरु विषयान्तरित हुँुदै जान थालेका छन । यस्तो हुनु अहिलेको सन्दर्भमा बाञ्छनीय हुन सक्दैन ।
अहिलेको सन्दर्भमा मानवीय स्वास्थ्यको सन्दर्भलाई केन्द्रविन्दुमा राखेर सुरक्षित मातृत्व, बालस्वस्थ्य, जेष्ठ नागरिकको स्वास्थ्य र विभिन्न प्रकृतिका गम्भीर रोगबाट संक्रमितहरुको सवाललाई प्राथमिकतामा राखेर काम गर्नु पर्ने बेला आएको छ । सरकारले हालैमात्र प्रस्तुत गरेको नीति तथा कार्यक्रमको लक्ष्य पनि यही नै हो । यो पक्षमा सावधानी र होसियारीको सवाललाई अर्थात स्वास्थ्य शिक्षाको सवाललाई प्रभावकारी रुपमा अगाडि बढाउनु पर्ने हुन्छ । स्वास्थ्य शिक्षाले नै वास्तविक चेतनाको संचार गर्ने भएकाले अहिले समयमा यो सवाल महत्वपूर्ण हुन आएको छ । (लेखक बराल त्रिभुवन विश्वविद्यालयको स्वास्थ्य शिक्ष विषयको प्राध्यापक हुनुहुन्छ ।)
प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार १५:२०












