१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

बहराइनमा रहेका ३३१ नेपालीलाई कोरोनाको संक्रमण

५ जेठ, काठमाडाैँ । बहराइनमा रहेका ३३१ जना नेपालीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । मान्मास्थित नेपाली दूतावासले ३३१ जना नेपालीलाई कोरोनाकाे संक्रमण भएको पुष्टि गरेको हो । अहिलेसम्म त्यहाँ १ जना नेपालीको मृत्यु भएको छ भने संक्रमित भएका कयौं नेपाली उपचारपछि ठीक भएको नेपाली दूतावासले जनाएको छ ।

बहराइनमा हालसम्म ६ हजार ९ सय ५६ जनामा संक्रमण देखिएकोमा २ हजार ९१० जना संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये १२ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार १४:०२