१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

इजरायलका लागि चिनियाँ राजदूत दु वेई मृत भेटिए

४ जेठ, काठमाडाैँ । इजरायलका लागि चिनियाँ राजदूत दु वेई मृत भेटिएका छन्। बिबिसीका अनुसार राजदूत दु वेई आइतबार बिहान तेल अभिभको अपार्टमेन्टमा मृत भेटिएका हुन्। ५८ वर्षीय वेई ओछ्यानमा सुतिरहेको अवस्था मृत भेटिएका हुन्। उनको मृत्युको कारणबारे खुलाएको छैन।

यसअघि युक्रेनका लागि राजदूत रहेका वेई गत फेब्रुअरीमा इजरायलका लागि चिनियाँ राजदूत नियुक्त भएका थिए। मध्य फेब्रुअरीमा कार्यभार सम्हाल्न इजरायल पुगेका उनी सुरूमा १४ दिन क्वारेन्टिनमा बसेका थिए। कोरोना महामारीका कारण उनले राष्ट्रपतिसँग प्रत्यक्ष भेटघाट भने गरेनन् । वेईका श्रीमती र एक छोरा छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७७, आईतवार १४:१७