१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

सात महिनापछि प्रदेश ७ काे कांग्रेस संसदीय दलको नेतामा डा रावल निर्वाचित

७ जेठ, कैलाली ।  प्रदेशसभाको बैठक आरम्भ भएको झन्डै पाँच महिनापछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रदेश नं ७ को प्रदेशसभामा संसदीय दलको नेता अाइतबार चयन गरेको छ ।

अाइतबार बसेको काँग्रेसका प्रदेशसभा सदस्यहरुको बैठकले काँग्रेसका प्रदेशसभा सदस्य डा रणबहादुर रावललाई दलको नेतामा सर्वसम्मत चयन गरेको काँग्रेस प्रदेशसभा सदस्य भरतबहादुर खड्काले जानकारी दिनुभयो ।

दलको नेता चयनका लागि काँग्रेसले प्रदेश नं ७ मा खटाएका काँग्रेस केन्द्रीय सदस्य एनपी साउदको उपस्थितिमा काँग्रेस प्रदेशसभा सदस्यको बैठक बसेको थियो । दलको नेता चयन भएका रावल कैलाली निर्वाचन क्षेत्र नं १ को (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

त्रिपन्न सदस्यीय प्रदेशसभामा काँग्रेसका १२ सांसद छन् । आकांक्षी धेरै भएपछि प्रदेशसभा बैठक शुरु भएको लामो समय भइसक्दा पनि काँग्रेसले संसदीय दलको नेता चयन गर्न सकेको थिएन । संसदीय दलको नेतामा चयन भएपछि प्रतिक्रिया दिँदै रावलले काँग्रेसले सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभयो ।

प्रकाशित मिति : ७ जेष्ठ २०७५, सोमबार ०८:४९