२३ असार २०८१, आईतवार | Sun Jul 7 2024

वैदेशिक रोजगारीको सिण्डिकेटः भिएलएनका राम श्रेष्ठसहित ४८ व्यवसायी पक्राउ


६ जेठ, काठमाडौँ । प्रहरीले मलेसिया जाने कामदारसँग अवैध रुपमा रकम उठाएको भन्दै वान स्टेप सेन्टर (ओएससी) र भिएलएनका सञ्चालक राम श्रेष्ठसहित ४८ जना पक्राउ परेका छन । प्रहरीका अनुसार काठमाडाैँबाट ४४ जना र ललितपुरबाट ४ जना पक्राउ परेका छन ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको माइग्राम्स, ओएससी, भीएलएन, जीएसजीबाट लिने शुल्क अवैधानिक भएको निर्णय गर्दै त्यसलाई रोक्न गृह मन्त्रालयलाई पत्राचार गरेपछि प्रहरीले ओएससी र भिएलएनमा छापामारी सञ्चालक श्रेष्ठलाई पक्राउ गरेको हो ।

श्रेष्ठ लगायतका सबै  व्यवसायीलार्इ भोलि म्याद थप गरी कारवाही अघि बढाइने प्रहरीले जनाएको छ । अाइतबार दिउँसो श्रममन्त्री विष्ट अाफैँले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग भेटी सहयोतग गर्न प्रहरीलार्इ निर्देशन दिएका थिए ।

ओएससीले मलेसिया जाने कामदारको राहदानी संकलन गर्छ । यो कामका कम्पनीले २ हजार ८ सय रुपैयाँ शुल्क र भ्याट ३ सय ६४ गरी ३ हजार १ सय ६४ रुपैयाँ लिने गरेको छ । राहदानी दूतावाससम्म पुर्याउने भीएलएनले थप ३ हजार ६ सय १६ लिँदै आएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७५, आईतवार २०:०२