१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

शेयर बजार बन्द गर्न धितोपत्र बोर्डको निर्देशन

१ जेठ, काठमाडाैँ । नेपाल धितोपत्र बोर्डले नेप्सेलाई शेयर कारोबार बन्द गर्न निर्देशन दिएको छ। बिहीबार बोर्डले अर्को व्यवस्था नभएसम्मका लागि शेयर कारोबार बन्द गर्न निर्देशन दिएको हाे । कोरोनाको बढ्दो संक्रमणका कारण बजार बन्द गर्ने निर्णय गरेकाे हाे ।

चैत ११ गतेदेखि बन्द भएको शेयर कारोबार गत मंगलबारदेखि साविकका नियमहरुमा केही परिवर्तन गरी दैनिक २ घण्टाका लागि बजार खोलिएको थियो। कारोबार भएका दुबै दिन नेप्से नकारात्मक सर्किट लागि तोकिएको अवधिभन्दा अगावै बन्द भएको थियो।

प्रकाशित मिति : १ जेष्ठ २०७७, बिहीबार ११:०४