१४ पुष २०८२, सोमबार | Mon Dec 29 2025

रावलजी तपाईं कुन अदालतको न्यायाधीश ?

३० वैशाख, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका युवा नेता चन्द्र रिजालले नेकपाकै स्थायी समिति सदस्य डा भीमबहादुर रावलमाथि गम्भीर प्रश्न गरेका छन । मंगलबार बिहानै सामाजिक सञ्जाल मार्फत नेता रिजालले रावलजी तपाईं कुन अदालतको न्यायाधीश भन्दै प्रश्न गरेका छन ।

रिजालले रावलमाथि अर्को पनि गम्भीर प्रश्न उठाएका छन । उनले २०४६ सालमा हामी अान्दोलन गरेर प्रहरी कुटाइ खाँदै सेफ्टी ट्यांकीमा पर्दा तपाईं कहाँ हुनुहुन्थ्यो भन्ने प्रश्न गरेका छन । रिजालले स्वास्थ्य सामग्रीको खरिद र सेक्युरेटीप्रिन्टिङ प्रेसको खरिद प्रक्रियाका बारेमा रावलले गरेको टिप्पणीप्रति असहमति जनाउँदै रावल माथि नै प्रश्न गरेका हुन ।

रिजालले यस्तो लेखेका छन

श्रेद्धय डा. भीम रावल कामरेड कून अदालतको न्यायाधीश हो ? वहाँ क़ानून पनी पढेको अध्यनशिल ब्यक्तिमा पर्नु हून्छ भन्ने सुनेको थिएँ । ओम्नीले मेडिकल सामान ल्याएको गोकुल कमरेडले ७० करोड भ्रस्टाचार गर्नु भयो भनेर राजनीतिक दाऊपेचका आधारमा मेडिया प्रयोग गरेर सामाजिकर राजनैतिक सिधाऊन गरिएका फोहरी खेलमा पिम तथा पार्टी अध्यक्षले कारवाहि गर्नुभएन भन्न मिल्छ ? फेरी उहाँले त्यो चन्द्ररिजाल म जेलपर्दा टुकु टुकु हिड्थ्यो भन्नुहोला मैले ०४६ को जनआन्दोलनमा पुलिशको कुटाई खाँदा शेफ़्टि ट्यांकीमा पर्दा वहाँ कहाँ हनुहुन्न्थ्यो भन्न मिल्छकी मिल्दैन ? रिस उठेपछि जेनी बोलिदिने उहाँ जत्तिको ब्यक्तिले लौन शोधिदिनुहोला ?

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलवार ०९:४१