३ आश्विन २०८१, बिहीबार | Fri Sep 20 2024

मैलुङ–स्याफ्रुबेसी सडक निर्माण सम्पन्न, रक्षामन्त्री पोखरेलद्धारा उद्घाटन

६ जेठ, रसुवा । नेपाली सेनाले मैलुङ–स्याफ्रुबेसी सडक निर्माण सम्पन्न गरेको छ । चिनियाँ नाका रसुवागाढी जोड्ने गरी १७ किमीको सडक नेपाली सेनाले निर्माण गरेको हो । सडकको आइतबार रक्षामन्त्री इश्वर पोखरेलले उद्घाटन गरेका छन् । सडक सञ्चालनमा आएपछि राम्चेको पहिरोको अप्ठेरो सडक हुँदै रसवागढी जानुपर्ने बाध्यता हट्नेछ ।

चीनसँगको व्यापारिक नाका रसुवागढी जोड्ने यो मैलुङ–स्याफ्रुबेसी सडक सेनाले अब सडकलाई हस्तान्तरण गर्नेछ । दुई लेनको यो सडक निर्माण २०७२ को बैशाखबाट निर्माण सुरु भएको थियो । सुरुमा सिङ्गल लेनको ७ किलोमिटर सडक निर्माणको जिम्मा पाएको सेनाले भूकम्प पछि थप १० किलोमिटरसहित दुई लेनको सडक निर्माण गर्ने जिम्मेवारी पाएको थियो ।

वर्षातमा पानी पर्न थालेपछि भने यो सडकखण्डमा गाडी चलाउन रोक लगाउने तयारी छ । यो सडक बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु जोड्ने सडक भन्दा २५ किलोमिटर छोटो छ । मैलुङ–स्याफ्रुबेँसी सडक निर्माण कार्यदलले २०७२ बैशाखदेखि सुरु गरेको दुई लेनको १७ किलोमिटर सडक निर्माण सम्पन्न गरेको हो ।

प्रकाशित मिति : ६ जेष्ठ २०७५, आईतवार १४:४२